खेद प्रस्ताव पेस गर्दै रावलको प्रश्न- मैले पनि सही गरेर देउवालाई प्रधानमन्त्री बनाएको होइन ? – Nepal Press

खेद प्रस्ताव पेस गर्दै रावलको प्रश्न- मैले पनि सही गरेर देउवालाई प्रधानमन्त्री बनाएको होइन ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको भन्दै आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए । उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए ।

बैठकमा रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यही हो संविधानको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ? समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’

रावलले प्रधानमन्त्रीले संसदबाट भागेर गल्ती ढाकछोप गर्न खोजेको आरोप समेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर