संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा – Nepal Press

संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएकाे  छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे प्रेस संयाेजक  सूर्य किरणले  बालुवाटारमा गठबन्धनको बैठक शुरु भएकाे   बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठकमा  छलफल गर्न लागेको बताइएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालपनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकबाट निस्केर गठबन्धनको बैठकमा पुगेका छन् ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यहाँ भने गएनन् ।

यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद बंक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर