रहेनन् भुटानी शरणार्थी फिर्ती अभियानका नेता राई – Nepal Press

रहेनन् भुटानी शरणार्थी फिर्ती अभियानका नेता राई

विराटनगर।भुटानी शरणार्थीका फिर्ता अभियानका नेता डा. भम्पा राईको निधन भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको आज विहान ३ बजे निधन भएको हो ।

७५ वर्षीय राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि अस्पताल भर्ना गरिएको थियो ।पाँच दिन अघि राईको हर्नियाको शल्यक्रिया गरिएको थियो ।

भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, समेत रहेका राई दमक नगरपालिकाले उपलब्ध गराएको भाडाको घरमा एक्लै बस्दै आएका थिए ।

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपालीभाषी लखेटिँदा स्वेच्छाले नेपाल आएका थिए । पत्नी उर्मिलाको पाँच वर्ष अघि निधन भएको थियो । राईको सन्तान छैनन् । १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी आप्रवासनमा पश्चिमा देश गए पनि डा राई भने अझै घर फिर्तीको अडानमै अडिग थिए।

तीन दशकदेखि भुटानी शरणार्थीको फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राई पेटसम्बन्धी रोगबाट पीडित थिए । ६ वर्षअघि आन्द्रा फुटेका कारण उनी महिनौं थलिएका थिए । तीनवटा शल्यक्रियापछि उनी सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । केही समययता उनलाई हर्नियाले थप पीडित बनाएको थियो । दमक–८ स्थित डेरामा २४ वर्षयता बस्दै आएका राईलाई पछिल्लो समय दमक नगरपालिकाले आवासको व्यवस्था गरिदिएको थियो ।

उनी सन् १९९० पछिका वर्षहरूमा भूटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुन् ।बाङ्ग्लादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डा. राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न थिए।

झापाको दमक चोकदेखि करिब ५० मिटर उत्तर बेलडाँगी रोडमा रहेको क्लिनिकमा उनको दैनिकी विरामीको उपचारमा संलग्न हुदै आएका थिए।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर