सिसडोलमा रंगशाला बनाउनेलगायतका विषयमा मेयर बालेन्द्र र नेम्बाङबीच छलफल – Nepal Press

सिसडोलमा रंगशाला बनाउनेलगायतका विषयमा मेयर बालेन्द्र र नेम्बाङबीच छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल गरेका छन् ।

‘लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्छ छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौ भन्दा १२ किलोमिटर मात्र टादा छ अहिले को फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं ।’

टुँडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्नमिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताए । अहिले पनि काठमाडौ महानगरले महानगरमा भएको ए डिबिजनको क्लबहरु लाई प्रत्येक वर्ष १० लाख दिने गरेको छ ।

नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै हाल एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले भने, ‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं । सुशासन, आर्थिक पारदिर्शता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं । यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको छु । चुनाव जित्नेमा विश्वस्त छु ।’

छलफलमा उनीसहित उपाध्यक्षका उम्मेद्वार दावा लामा (अहिलेका केन्द्रीय सदस्य) र नवीन पाँडे (फुटबल फ्यान एवम् एन्फाका विदेश विभागका पूर्वप्रमुख) थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर