नेपाली राष्ट्रिय टिमका दुई जना महिला क्रिकेटरलाई सम्मान – Nepal Press

नेपाली राष्ट्रिय टिमका दुई जना महिला क्रिकेटरलाई सम्मान

रुपन्देही । नेपाली राष्ट्रिय टिमका दुई जना महिला क्रिकेटरलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय टिममा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यु–१९ राष्ट्रिय टिमका क्याप्टेन कृतिका मरासिनी र आश्मा पुलामीलाई नगद १० हजार ५ सय नगदसहित सम्मानपत्रबाट सम्मान गरेको हो ।

भर्खर मात्र मलेसियाको क्वालालम्पुरमा सम्पन्न यु–१९ महिला क्रिकेट विश्व कप एशियन छनौट प्रतियोगितामा दुबै खेलाडीहरुले नेपाली टिमबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासको लागि प्रदेशस्तरीय नीति, संरचना निर्माणको कामलाई जोड दिएको बताए ।

प्रदेश सरकारले फुटबल र क्रिकेट दुबैलाई २५ लाख रुपैयाँका दरले बजेट बिनियोजन गरेको बताउँदै उनले रुपन्देहीलाई क्रिकेटको हबका रुपमा विकास गर्न आवश्यक ३ तहकै सरकारबीच समन्वय गरी अघि बढ्नुपर्ने बताए । नेपालको राष्ट्रिय खेल भलिबलको राष्ट्रिय प्रतियोगिता गराउन मिल्ने खेल पुर्वाधार निर्माण, पौडी खेलको पुर्वाधार, कुस्ती अखडा लगायतको परियोजनाको पहल थालेको उनले बताए ।

बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले क्रिकेट खेलको विकासमा पुर्वाधार र प्रतियोगिता आयोजना गरेर खेलाडीको क्षमता विकासमा अग्रसर रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर