काठमाडौं ल्याउदैँ गरेको २ ट्रक रासायनिक मल धादिङमा किसानबाटै लुटियो – Nepal Press

काठमाडौं ल्याउदैँ गरेको २ ट्रक रासायनिक मल धादिङमा किसानबाटै लुटियो

धादिङ । धान रोपाई चलिरहेका बेला रासायनिक मलको अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटेका छन् । शनिवार दिउसो धादिङको धार्के बजारमा रासायनिक मल बोकेर काठमाडौं आउदैँ गरेको २ वठा ट्रक नियन्त्रणमा लिएर स्थानीय किसानले रासायनिक मल लुटेका हुन् । उक्त मल भारतबाट भन्सार छली ल्याइएको थियो ।

शुक्रबार राति धादिङको चरौंदीबाट उक्त मल नियन्त्रणमा लिइएको थियो । त्यसपछि सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले २ ट्रक रोकेर मल लुटेका हुन् । सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल लुटेको जानकारी पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

भन्सार छलेको भन्दै राजश्व अनुसन्धान विभागले रासायनिक मल नियन्त्रणमा लिएको भए पनि किसानले उक्त मल कब्जा गरेरका हुन् । २ ट्रक मल झन्डै ५ सय जना किसानले लुटेका हुन् । भन्सार छलेर ल्याएको मल व्यापारीले महंगोमा बेच्ने गरेको जानकारी पाएपछि राजश्व अनुसन्धान विभागले छापा हानेको थियो ।


प्रतिक्रिया

One thought on “काठमाडौं ल्याउदैँ गरेको २ ट्रक रासायनिक मल धादिङमा किसानबाटै लुटियो

  1. भन्सार छलेर ट्रकका ट्रक मल आयाे कसरी ? उत्तर सरल छ । भन्सारमा जनार्दनले कमिशन उठाउन पठाएकाले आँखा चिम्लिए, बाटाेमा खाँडलाई कमिशन बुझाउनेले छाेडिदिए । दुबैले मल ल्याउनेसँग उठाए । मल नकिनेकाे पनि यसैगरी तस्करी गराएर कमिशन खान हाे । त्यसकाे लागि कृषि मन्त्रीले मल नकिनिकन राखेका छन् र अर्थमन्त्रीले कमिशन ख्वाउनेलाई भन्सार र प्रहरीमा खटाएका छन् । ओलिकाे पालामा यस्ताे कुरा राेकिएकाे थियाे । तस्करी गर्न नपाउनेले प्रचण्ड र माधवलाई पैसा खुवाएर पार्टी फुटाउन लगाए । अनि देउवालाई प्र. म. बनाएर तस्करी गर्न लगाएर पैसा असुल रहेका छन् । धिक्कार मेराे देश । सम्पूर्ण जनता जागाैं र भ्रष्ट गठबन्धनलाई निमिट्यान्न पाराैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *