एसपीपीविरुद्ध एकीकृत समाजवादी समर्थित युवाहरु सडकमा, स्पष्ट पार्न सरकारसँग माग (भिडिओ) – Nepal Press

एसपीपीविरुद्ध एकीकृत समाजवादी समर्थित युवाहरु सडकमा, स्पष्ट पार्न सरकारसँग माग (भिडिओ)

काठमाडौं । ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे स्पष्ट पार्न माग गर्दै सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै संघले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेको छ ।

काठमाडौंको माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’लगायतका प्लेकार्ड बोकेका थिए ।

एसपीपीको विषयमा विभिन्न व्यक्ति र संस्था जोडिएको र थप अन्योल सिर्जना भएकाले यस विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने उनीहरुको माग रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर