खोटोको बाकस बचाउन खाेज्दा आगोमा परेर एकजनाकाे मृत्यु – Nepal Press

खोटोको बाकस बचाउन खाेज्दा आगोमा परेर एकजनाकाे मृत्यु

काठमाडौं । सल्यानमा वनमा लागेको आगो निभाउन जाँदा एक जनाको मृत्यु भएको छ ।

सिद्ध दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बुढाथोकी खोटोको काम गर्ने भएकाले खोटोको बाकस बचाउन जाने क्रममा आगोमा परेर उनको मृत्यु भएको बताइएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर