जसपा रुपन्देहीका पूर्वजिल्ला सचिव वर्मा एमाले प्रवेश – Nepal Press

जसपा रुपन्देहीका पूर्वजिल्ला सचिव वर्मा एमाले प्रवेश

रूपन्देही । जनता समाजवादी पार्टी रुपन्देहीका पूर्वसचिव अशोककुमार वर्मा नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शनिबार बुटवलमा उनलाई एमालेमा स्वागत गरेका छन् ।

२०७४ सालमा रुपन्देहीको प्रदेशसभा क्षेत्र नं ३ (ख) मा जसपाका प्रदेशसभा सदस्य उम्मेदवार रहेका वर्मालाई स्वागत गर्दै उपाध्यक्ष पौडेलले एमालेप्रतिको जनलहर बढ्दै गएको बताए ।

वर्माले बुटवलमा ग्रिल उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर