न्यायपालिकाको सुदृढीकरण अदालतहरुबाटै हुन सकेन : मन्त्री बन्दी – Nepal Press

न्यायपालिकाको सुदृढीकरण अदालतहरुबाटै हुन सकेन : मन्त्री बन्दी

काठमाडौं । नेपाल बार एसोसियसनले न्यायपालिकाको सुदृढीकरण, जनआस्था अभिवृद्धिको निम्ति बारको आगामी भूमिका तय गर्न सम्पूर्ण बार एकाईका अध्यक्ष, सचिव र केन्द्रीय सल्लाहकारहरुसँगको अन्तरक्रियात्मक कार्यशाला गोष्ठी काठमाडौंमा शुरु भएको छ ।

शनिबार र आइतबार दुईदिन सञ्चालन हुने गोष्ठीमा समग्र न्यायपालिकाको सुधारका लागि घनीभूत छलफल गरी घोषणापत्रसमेत जारी गरिने बारले जनाएको छ ।

कार्यशालाको उद्घाटन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बन्दीले समग्र न्यायपालिकाको सुदृढीकरण सबै क्षेत्रबाट प्रारम्भ भए पनि अदालतहरुबाट हुन नसकेको बताए । ‘जबसम्म स्वयं अदालतबाट यो कार्य प्रारम्भ हुँदैन तबसम्म अन्तिम नतिजा प्राप्त हुुँदैन’, उनले भने ।

कार्यशाला गोष्ठी बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सञ्चालन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर