एमाले केन्द्रीय सदस्य प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार – Nepal Press

एमाले केन्द्रीय सदस्य प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार

झापा । तीनदिने नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् ।

श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लाैरो हस्तान्तरण गरेका हुन् ।

अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

2 thoughts on “एमाले केन्द्रीय सदस्य प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार

  1. दुर्गा प्रसाईज्यु त्यो लौरो बालेन शाहलाई हस्तान्तरण गर्नु होला ! तपाईंको ईज्जत् बड्ने छ !

    1. बिदेशी बाट उपहार लिन नेपालसरकार को स्व्रीकृति चाहिदैन किक्या हो ? अनि २५% उपहार कर पनि तिर्नु पर्दैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर