कांग्रेस झापाले गर्‍याे अन्तर्घात गर्ने १४ कार्यकर्तालाई कारबाही – Nepal Press

कांग्रेस झापाले गर्‍याे अन्तर्घात गर्ने १४ कार्यकर्तालाई कारबाही

काठमाडाैं । नेपाली कांग्रेस झापाले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तर्घात गर्ने १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।

नेपाली कांग्रेस झापाले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०७९ वैशाख १६ र १९ को नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार झापा जिल्ला कार्य समितिले मिति वैशाख २४ गते नै बागी उम्मेदवार,  प्रस्तावक र समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको बताएको छ ।

कारबाहीमा पर्नेहरूमा कन्काई नगरपालिका ९ काे वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक पनि कारबाहीमा परेका छन् ।

पराजुलीका प्रस्तावक लैनबहादुर थापा, राजवंशीका प्रस्तावक कमलबहादुर थापा र समर्थक नरेन्द्रबहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको कांग्रेस झापाका सभापति देउकुमार थेबेले जानकारी दिए ।

यस्तै बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर