माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे ।

‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भने, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

त्यत्रो कुरा किन लुकाइयो ? किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको दाबी गरे । ‘किन यत्रो हंगामा ? कि सबैले बिर्से ? बिर्सने औषधि खाए या कुरा लुकाइयो ? या त कागजमा केही छैन ? यथार्थ कुरा बाहिर आओस्’, उनले थपे ।

यस विषयमा आज बिहान गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताए । उनले भने, ‘बसेर प्रधानमन्त्री (शेरबहादुर देउवा)जीलाई सबै कुरा बाहिर ल्याउन भन्ने सहमतिमा पुगेका छौँं ।’

प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको अध्यक्ष नेपालले बताए । ‘मैले शेरबहादुर देउवालाई सोध्दा उहाँले क्याटेगोरिकल्ली जवाफ दिनुभयो । उहाँले म अमेरिका गइहाले पनि सुरक्षामा आवद्ध हुने कुनै दस्तावेजमा म सही गर्दिनँ, कसैले भने पनि म मान्दिनँ । उहाँको जवाफबाट खुसी भयौँ’, उनले भने, ‘नेपाली सेनाका प्रधानसेनापतिको जवाफ नेपाली सेना नेपालको राष्ट्रिय हित, भूराजनीतिक संवेदनशीलता र छिमेकीको संवेदनशील अवस्थालाई बेवास्ता गर्दैनौँ भन्नुभएको छ ।’


प्रतिक्रिया

One thought on “माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ)

  1. अलिकति अध्ययन गरेर बाेल्ने गर न । यस्ताे हावा पनि नेपालकाे प्रधानमन्त्रीसम्म भएकाे थियाे भनेर जनताले भन्न नपराेस् । कुन प्र. म. काे मन्त्रीमण्डलले स्वीकृति दियाे, कसले पत्र पठायाे, कसले फेरि स्विकृती दियाे, कसले विराेध गर्याे अध्ययन गर । खालि देउवाकाे पुच्छर भएर चार थान मन्त्री पठाएर ती मार्फत कमाउनु मात्रै राजनीति ? विदेशीकाे लागि दलाली गर्ने काे, सच्चा देशभक्त काे, देशकाे वास्तविक विकास चाहाने काे, मन्त्री खान पार्टी समेत फुटाउने काे जनताले थाहापाईसके त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर