भैरहवाको होटल पौवाको स्वीमिङ पुल बन्द – Nepal Press

भैरहवाको होटल पौवाको स्वीमिङ पुल बन्द

रुपन्देही । पौडीखेल्ने क्रममा एक स्थानीयको मृत्यु भएपछि जिल्ला प्रशासनले रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्वीमिङ पुल बन्द गरेको छ ।

शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो ।

दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मापदण्ड विपरीत स्वीमिङ पुल संचालन गरेको भन्दै स्थानीयले विरोध गरेपछि तत्कालका लागि बन्द गरिएको प्रहरीको भनाइ छ ।

स्थानीय तथा शुक्रबार मृत्यु भएका सुमितका आफन्तरले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन् । होटलबाट कुनै पनि प्रकारको सुरक्षा र बचावको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका थिए ।

पैसा कमाउने लोभमा मापदण्ड पूरा नगरी कसैको ज्यानसँग खेलबाड गर्न नपाइने मृतकका मामा पंकज उदासले गरेका छन् । मृतक तुलाधर परिवारको एक मात्र छोरा थिए, उनी ३ दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको उदासको गुनासो छ ।

होटलका संचालक तथा कम्पनीका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वीमिङ पुल संचालन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *