सत्तारुढ दलको बहुमत नरहेको रुपन्देही जिससमा गठबन्धनकै प्यानल विजयी – Nepal Press

सत्तारुढ दलको बहुमत नरहेको रुपन्देही जिससमा गठबन्धनकै प्यानल विजयी

रुपन्देही । रुपन्देहीमा जिल्ला समन्वय समितिका लागि सत्तारुढ दलसँग बहुमत नभएपनि नेकपा एमालेले सत्ता बाहिर रहेका दलसँग समन्वय गर्न नसक्दा सबै पदमा गठबन्धन दलका उम्मेदार विजयी भएका छन् ।

जिससमा आज सम्पन्न निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसले सत्ता बाहिर रहेका दलहरुलाई समेत मिलाएर नेतृत्व हात पारेको छ । १६ पालिका रहेको रुपन्देहीमा गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चापागाई २० मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्तीमगरले १२ मत मात्र ल्याएका छन् । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याइन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रकि मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुपन्देहीमा सत्तारुढ काँग्रेसको १४ र जसपाको १ तथा लोसपाको ३, जनता प्रगतिशील पार्टीसँग २ र रापप्राको १ मत रहेको थियो । प्रमुख प्रतिपक्ष दल एमालेसँग ११ मत मात्र रहेको थियो । एमालेका एक जिल्ला नेताले नेतृत्वले समयमै सत्ता बाहिर रहेका दलसँग समन्वय गर्न नसक्दा सत्तारुढ दलको बहुमत नरहेपनि जिल्लामा जिससको नेतृत्व ल्याउन नसकिएको गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर