मोदीले मनाए आमाको १०० औँ जन्मदिन (तस्बिरहरू) – Nepal Press

मोदीले मनाए आमाको १०० औँ जन्मदिन (तस्बिरहरू)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी आमाको १०० औँ जन्मदिन मनाएका छन् । उनकी आमा हीरा बेन आज १०० वर्षमा प्रवेश गरिन् ।
सो अवसरमा गान्धीनगरस्थित आफ्नो निवासमा गई आमालाई भेटेर जन्मदिन मनाएका छन् ।

यस अवसरमा प्रधानमन्त्री मोदीले आमाको पूजा गरी आशीर्वाद लिएका थिए । प्रधानमन्त्री मोदी पनि आफ्नी आमाको खुट्टामा बसेर उनीसँग कुरा गरिरहेका देखिए ।

मोदीकी आमा बेनको जन्मदिनलाई विशेष बनाउँदै गान्धीनगरको रायसन पेट्रोल पम्पदेखि ६० मिटर सडकको नाम ‘पूज्य हीरा मार्ग’ राखिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर