प्रधानमन्त्रीलाई धनगढीका मेयरको आग्रह– गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठान बनाइयोस् – Nepal Press

प्रधानमन्त्रीलाई धनगढीका मेयरको आग्रह– गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठान बनाइयोस्

कैलाली । प्रधानमन्त्री शेर बहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठान बनाउन आग्रह गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका देउवालाई हमालले यहाँको विकासमा चासो दिन आग्रह गरेका हुन् । उनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्यमा ठुलो प्रभाव पर्ने भन्दै गेटालाई पहिलो प्राथमिकतामा विश्व विद्यालय नभए प्रतिष्ठान बनाउन आग्रह गरे ।

‘गेटा मेडिकल कलेज निमार्ण भइरहेको छ । हरैया औद्योगिक क्षेत्र अझै बन्न सकेको छैन’ उनले भने ‘यी समस्याहरू हल हुने हामीले अपेक्षा गरेका छौँ ।’

उनले धनगढी दिपायल फास्ट ट्याक निर्माणमा पनि चासो दिन आग्रह गरेका थिए । उनले भने, प्रधानमन्त्री ज्यू धनगढीवासी भएको हुँदा आग्रह गर्छु । फास्ट ट्याक निर्माणमा चासो दिनुहोला । यसले यहाँको पर्यटन प्रवद्र्धनमा पनि ठुलो भूमिका निर्वाह गर्छ ।’

हमालले सुरुङ मार्गको सपना देखाउने तर प्रक्रिया अगाडी नबढाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका थिए । धनगढीको सबै भन्दा ठुलो समस्या डुबान रहेको भन्दै उनले त्यसको लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए ।

मेयर हमालले हाम्रो धनगढी हाम बनाउँछौँ अभियान अन्तर्गत काम भइरहेको प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर