अर्थमन्त्रीको बर्खास्ती माग गर्दै अनेरास्ववियुले जलायो पुत्ला – Nepal Press

अर्थमन्त्रीको बर्खास्ती माग गर्दै अनेरास्ववियुले जलायो पुत्ला

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेकाे छ ।

प्रदर्शनी मार्गमा अनेरास्ववियुका नेता कार्यकर्ताहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै उनको पुत्ला समेत दहन गरेका हुन् ।

जनार्दन शर्माको पाराले दुःख पाए साराले, गठबन्धन सरकार मुर्दावाद, जनार्दन शर्मा राजीनामा दे, लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरे ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर