इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई दियो ४९९ रनको कीर्तिमानी लक्ष्य – Nepal Press

इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई दियो ४९९ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । तीन ब्याटरको शतकको मद्दतमा इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई पहिलो ओडिआई खेलमा ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

यो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो ।

भिआर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय ९८ रन बनायो ।

इग्ल्यान्डका जोस बटलरले ७० बलमा ७ चौका र १४ छक्कासहित सर्वाधिक १ सय ६२ रनको अविजित शतकीय इनिङ खेले ।

ओपनर जेसन रोय एक रनमै बोल्ड आउट भएका थिए । फिलिप साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १ सय २२ रनको शतकीय इनिङ खेले । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । डेविड मलानले १ सय ९ बलमा ९ चौका र ३ छक्कासहित २५ रनको शतकीय इनिङ खेले । मलानको यो ओडिआई करिअरको पहिलो शतक हो ।

दोस्रो विकेटका लागि मलान र साल्टले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । कप्तान ओईन मोर्गन भने गोल्डेन डक आउट भएका थिए। लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे । नेदरल्यान्ड्सका पिटर सिलारले सर्वाधिक दुई विकेट लिए ।

यसअघि ओडिआईमा सर्वाधिक ठूलो इनिङ २०१८ मा इग्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ६ विकेट गुमाउँदै ४ सय ८१ रन बनाएको थियो ।इङ्गल्यान्डले आफ्नै रेकर्ड तोडेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर