नेपाली महिला फुटबल टीमको फिफा वरियतामा सुधार – Nepal Press

नेपाली महिला फुटबल टीमको फिफा वरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ ।

शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल एक सय २ मा थियो ।

वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा स्विडेन र तेस्रो स्थानमा छ । चौथो स्थानमा नेदरल्यान्डस् रहँदा पाँचौ स्थानमा जर्मनी रहेको छ ।
दक्षिण एसियातर्फ नेपाल दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भारत रहेको छ । फिफा वरियतामा भारत ५६औं स्थानमा छ । दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश वरियताको १ सय ४६औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर