एमाले अध्यक्ष ओलीसँग छलफल गर्न गृह र कानूनमन्त्री बालकोटमा – Nepal Press

एमाले अध्यक्ष ओलीसँग छलफल गर्न गृह र कानूनमन्त्री बालकोटमा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न गएको कानूनमन्त्री निकट स्रोतले जनाएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्नका लागि भनिए पनि वार्ताको विषय सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर