पाल्पा जिससमा एमालेको प्यानलै विजयी – Nepal Press

पाल्पा जिससमा एमालेको प्यानलै विजयी

रूपन्देही । जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

समन्वय समितिको प्रमुखमा गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई हराउँदै एमालेका टंक खनाल विजयी भएका हुन् । उनी पाल्पाको रामपुर नगरपालिकाका हुन् ।

उपप्रमुखमा तानसेनकी कासिका गैरे र सदस्यहरुमा तानसेनकै वसन्ता ज्ञवाली, कमागथढीकी केशमाया सुनार छन् ।

त्यसैगरी रैनादेवी छहराका विष्णु घिमिरे, बगनासकालीका केशवराज खनाल, रम्भादेवीकी भवीसार सारु, पूर्वखोलाका रितमान श्रेष्ठ र निस्दीका प्रतापसिंह थापा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर