भेटियो एक सेकेन्डमै पृथ्वीको आकारमा बढिरहेको ‘ब्ल्याक होल’, सूर्यभन्दा ३ अर्ब गुणा ठूलो – Nepal Press

भेटियो एक सेकेन्डमै पृथ्वीको आकारमा बढिरहेको ‘ब्ल्याक होल’, सूर्यभन्दा ३ अर्ब गुणा ठूलो

काठमाडौं । पछिल्लो ९ अर्ब वर्षदेखि प्रतिसेकेण्ड पृथ्वीको आकारमा बढिरहेको ‘ब्ल्याक होल’ पत्ता लागेको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीका वैज्ञानिकहरुले विगत ५० वर्षदेखि गरिरहेको अनुसन्धानपश्चात सो कुरा पत्ता लागेको दाबी गरेका हुन् ।

वैज्ञानिकहरुका अनुसार हालै पत्ता लागेको ‘ब्ल्याक होल’ को आकार सूर्यभन्दा ३ अर्ब गुणा ठूलो छ । वैज्ञानिकहरुले यस खोजलाई ‘एअर एक्सआईभी’ नामक जर्नलमा प्रकाशित गरेका छन् ।

केही महिनाअगाडि अनुसन्धानकर्ताहरुले ‘मिल्की वे ग्यालेक्सी’ मा स्यागिटेरस ८ ए नामक ‘ब्ल्याक होल’ पत्ता लगाएका थिए । उक्त ‘ब्ल्याक होल’ भन्दा पनि यो ५०० गुणा ठूलो रहेको जनाइएको छ । खोजमा समावेश सैमुएल लाइका अनुसार हाल पत्ता लागेको ‘ब्ल्याक होल’ मा सौर्यमण्डलका सबै ग्रहहरु समेटिन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर