राष्ट्रियसभामा वामदेवले भने- फेरि कम्युनिष्ट एकीकरणको अभियानमा लाग्छु – Nepal Press

राष्ट्रियसभामा वामदेवले भने- फेरि कम्युनिष्ट एकीकरणको अभियानमा लाग्छु

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिष्ट पार्टीको एकीकरण कार्यका लागि प्रयासमा जुट्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘एकीकरण भएको कम्युनिष्ट पार्टी तीन टुक्रा हुन पुग्या छ । म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु,’ उनले भने,‘केही समयमा घोषणा गरेर लाग्नेछु । सफल हुन्छु हुन्नँ थाहा छैन ।’

एकीकृत पार्टी विभाजन भएपछि आफू नेपालको कुनैपनि पार्टीमा नरहेको बताउँदै उनले आफ्नो विचार कम्युनिष्ट पार्टी एक हुनुपर्ने छ भन्ने रहेको बताए ।

कम्युनिष्ट पार्टी एक होस् भनेर नै आफूले कुनै नेताका बारेमा पनि आलोचना नगरेको सांसद गौतमले बताए । तर, त्यो आफ्नो स्वभावभन्दा भिन्न भूमिका रहेको उनले बताए ।

‘मेरो जीवनमा म निकै क्रिटीकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ, मदन भण्डारीको पनि आलोचन गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ,’ उनले भने,‘जो जोसँग सम्बन्धित भएको छु, उहाँहरूसित सैद्धान्तिक, राजनीतिक संघर्ष हुँदै आएको हो । र म त्यसैमा दिक्षित जस्तो भए ।’

कम्युनिष्ट पार्टी विभाजन भएर ऐतिहासिक अवसरबाट वञ्चित भएको सांसद गौतमले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर