नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, मोबाइल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने – Nepal Press

नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, मोबाइल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सो विशेष सुविधा दिने सम्झौता भएको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा सम्झौता भएको हो ।

सम्झौतामा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख सञ्जीब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्रबहादुर श्रेष्ठ र रञ्जित लोहियालगायतको पनि उपस्थिति रहेको थियो ।

सो सम्झौताअनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

नेपाल बैंकले देशभर २१३ शाखा, १७९ एटीएम मेसिन र ४९ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर