एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात – Nepal Press

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो ।

नेपालका लागि संगिता राईले उत्कृष्ट बलिङ प्रदर्शन गरिन्। उनले २.५ ओभरमा ६ रन खर्चेर चार सर्वाधिक ४ विकेट लिइन् । कविता कुँवर र सिता राना मगरले समान दुई विकेट लिए भने, अस्मिना कर्माचार्य र इन्दु वर्माले एक/एक विकेट लिए ।

भुटानको ब्याटिङमा छिरिङ जाङमोले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङमा आएको नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । यस्तै, कप्तान रुविना क्षेत्री २१ तथा इन्दु वर्माले २० रन जोडिन् । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भुटानको बलिङमा सोनाम पालडनले ४ विकेट लिइन् । अन्जु गुरुङ र टासी छेकीले एक/एक विकेट लिए । दोस्रो खेलमा नेपालले शनिबार कुवेतको सामना गर्नेछ ।

। एसीसी च्याम्पियनसिपमा नेपाल हङकङ, कुवेत, भुटान र बहराइनसँगै समूह ‘बी’ मा छ । समूह ‘ए’ मा यूएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई टिमले एसियन कपमा स्थान बनाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर