विश्वविद्यालयलाई राजनीतिको प्रयोगशाला बनाउन हुँदैन : सभामुख शाही – Nepal Press

विश्वविद्यालयलाई राजनीतिको प्रयोगशाला बनाउन हुँदैन : सभामुख शाही

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरुलाई राजनीतिक अखडा बनाउन नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन् ।

‘विश्वविद्यालयहरु अनुसन्धान गर्ने थलो हो । विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ’, सभामुख शाहीले भने, ‘विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाको रुपमा स्थापित गर्न हुँदैन ।’

पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र विश्वविद्यालयहरु बेरोजगारी उत्पादनको हब बन्दै गएको भन्दै सभामुख शाहीले विश्वास बढ्ने गरी काम गर्न आवश्यक रहेको बताए ।

‘कर्णाली आफैमा पछि परेको प्रदेश हो । यहाँको बेरोजगारी दर कम गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्नु पर्छ । विश्वविद्यालयले व्यक्तिगत स्वार्थमा अल्मलिनु हुँदैन’, उनले भने, ‘विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । विश्वको आवश्यकताअनुसार प्राज्ञिक केन्द्र रहिरहन समय सापेक्ष परिवर्तन भई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।’

विश्वविद्यालय अनुसन्धानमूलक पाटोमा केन्द्रित हुनुपर्ने शाहीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर