एसपीपीबारे छलफल गर्न परराष्ट्रमन्त्री र प्रधानसेनापति संसदीय समितिमा – Nepal Press

एसपीपीबारे छलफल गर्न परराष्ट्रमन्त्री र प्रधानसेनापति संसदीय समितिमा

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिमा पुगेका छन् ।

बिहान ९ बजेदेखि शुरु हुने बैठकमा  परराष्ट्रमन्त्री खड्का  र प्रधानसेनापति शर्मा (एसपीपी)बारे छलफल गर्न संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति पुगेका हुन् । उनीहरुलाई एसपीपी)बारे संसदीय समितिले छलफलका लागि बोलाएको थियो ।

बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुन नेपालले गरेको प्रस्ताव स्वीकार भइसकेको जनाएको थियो । बुधबार साँझ नेपाली सेनाले एसपीपीमा अहिलेसम्म कुनै प्रक्रियासमेत नबढेको दाबीसहितको विज्ञप्ति जारी गरेको थियो ।

तर, बिहीबार सेनाले नै एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो ।

समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर