फेसबुकमा प्रेमका कुरा, घरमा लगेर बलात्कार – Nepal Press

फेसबुकमा प्रेमका कुरा, घरमा लगेर बलात्कार

कैलाली । कैलालीको जनकी गाउँपालिका -२ बडरियाका २२ वर्षीय हरिशंकर चौधरीले जनकी ४ कञ्चनपुर कि १६ वर्षीया किशोरीलाई फेसबुकमा देखे ।

चौधरीका एक साथीले ती किशोरीको विषयमा उनलाई जानकारी गराएका थिए । फेसबुकमा चौधरीले किशोरीलाई साथी बनाए। उनीहरूबीच च्याटमा प्रेमका कुरा सुरु भए । च्याटमा सामान्य कुराबाट सुरु भएको सम्बन्ध प्रेमका कुरा सम्म पुग्दा दुवै बीच मोबाइल नम्बर साटासाट भइसकेको थियो ।

किशोरी एसइई सकेर ब्रिज कोर्सको तयारी गरिरहेकी थिइन् । उनी टिकापुरमा ट्युसन पढ्न आउने गरेको थिइन् ।  त्यही बीचमा २७ गते चौधरीले किशोरीलाई । ‘भेटौँ न’ चौधरीले किशोरीलाई प्रस्ताव गरे । किशोरीको चौधरीको घरमा जान सहमत भइन् ।

तर चौधरीले किशोरीलाई घरमा लगेर दुई पटक सम्म बलात्कार गरेको प्रहरीको भनाइ छ । २ दिन पछि किशोरी घर फर्किइन् । आफू युवकको घरमा हुँदा पनि किशोरीले भने साथीको घरमा रहेको कुरा आफ्नो परिवारलाई बताएकी थिइन् ।

‘दुई दिन सम्म को साथीको घरमा हो ? घर आउछेस् कि प्रहरीकहाँ जाऊँ’ अभिभावकले किशोरीलाई हकारे। अभिभावले हकारेपछि किशोरी घर फर्किन् । त्यसपछि उनको थप केरकार सुरु भयो ।

अभिभावकहरूले सोधपुछ गर्न थालेपछि उनले युवकको घरमा रहेको बताइन् । किशोरी युवकको घरमा दुई दिन बस्दा सम्म त्यहाँ बुहारी सहरको व्यवहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘म हुनेवाला बुहारी हुँ भन्दै घर सरसफाइ गरिन्, खाना समेत पकाएर खुवाइन्’ अनुसन्धानमा संलग्न प्रहरीले सुनाए ।

किशोरी घर फर्किएर युवकको घरमा रहेको बताएपछि प्रहरीले बुधबार दिउँसो ४ ३० मा चौधरीलाई पक्राउ गरेको हो । उनी विरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप भइसकेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक सुरज बहादुर खड्का खड्काले बताए ।

आमाको रोहबरमा उजुरी दर्ता गरेकि किशोरीले आफूलाई ललाइ फकाइ घरमा लगेर करणी गरेको उल्लेख गरेकि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर