डिजेलमा १९ रुपैयाँ बढ‍ेको नयाँ मूल्य सूची पठायो भारतले, अरुको कति बढ्यो ? – Nepal Press

डिजेलमा १९ रुपैयाँ बढ‍ेको नयाँ मूल्य सूची पठायो भारतले, अरुको कति बढ्यो ?

काठमाडौं । भारतले बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नयाँ मूल्य सूची नेपाललाई पठाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ , डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढाएर नयाँ मूल्य सूचि पठाएको हो । निगमका अनुसार नयाँ मूल्य सूचि अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८ रुपैयाँ, डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा २.७० रुपैयाँ घाटा हुने छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएकाले पछिल्लो समय भारतले बृद्धी भएको मुल्यअनुसार नयाँ सूची पठाउने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर