मनोज पाण्डेविरुद्धको थुनछेक बहस आज सकिएन – Nepal Press

मनोज पाण्डेविरुद्धको थुनछेक बहस आज सकिएन

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबारदेखि थुनछेक बहस सुरु भए पनि पहिलो दिन आदेश आएन । बहस नसकिएपछि कम्तिमा शुक्रबारसम्म प्रहरी हिरासतमै रहने छन् ।

एक युवतीले ८ वर्षअघि पाण्डेले बलात्कार गरेको भन्दै हालसालै सार्वजनिक गरेपछि प्रहरीले आरोपीलाई पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान गरेको थियो ।

बलात्कारमा हदम्याद कटेकाले प्रहरीले मानव बेचबिखन तथा ‌ओसारपसारमा अनुसन्धान गरेको थियो । उनीविरुद्ध अर्की एक नाबालिगले पनि बाल यौन दुरुपयोगको आरोप लगाएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर