आमरण अनशनमा रहेकी निहारिका आफैं सरकारसँग वार्तामा – Nepal Press

आमरण अनशनमा रहेकी निहारिका आफैं सरकारसँग वार्तामा

काठमाडौं । ६ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतको मागका सम्वन्धमा सरकारले वार्ता सुरू गरेको छ । गृहमन्त्रालय, राष्ट्रिय महिला आयोग र महिला आयोगका प्रतिनिधिहरुसँगको वार्तामा निहारिका स्वयम् सहभागी छिन् ।

आफूलाई एक पुरुषले बलात्कार गरेर गर्भवती बनाएको र जन्मिएको बच्चाको जिम्मेवारीसमेत नलिएको भन्दै निहारिका लामो समयदेखि संघर्षरत थिइन् । तर, कतैबाट सुनुवाइ नभएपछि गत शुक्रबारदेखि उनी अनशन बसेकी हुन् । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने तथा उच्च अदालतमा दिएको पुनरावेदनको पेशी तोकिनुपर्ने उनको मुख्य माग छ ।

अनशनको छैटौं दिनमा वार्ता सुरू भएको हो । वार्तामा रमहिला आयोग अध्यक्ष कमला पराजुली, सदस्यहरू जया घिमिरे र विद्या सिन्हा सहभागी छन् । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाको पनि सहभागिता छ ।

निहारिकाको पक्षबाट पीडितसँगै अभियन्ताहरू जस्मिन ओझा, देव शर्मा, डा. सचिन घिमिरे, सावित्री सुवेदीलगायत वार्तामा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर