एसपीपीमा भाग लिन सेनाले लेखेको भनिएकाे पत्रमा के छ ? – Nepal Press

एसपीपीमा भाग लिन सेनाले लेखेको भनिएकाे पत्रमा के छ ?

काठमाडौं । नेपाली सेनाले अमेरिकाकाे स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन अनुराेध गरेकाे भन्दै एक पत्र सार्वजनिक गरिएकाे छ ।  सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बाेधन गरिएकाे पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् । लेटरप्याडमा सेनाकाे लाेगाे भने छैन ।

पत्रमा एसपीपीले दुवै देशको साझा सुरक्षा सम्बन्ध दीर्घकालीन रूपमा अघि बढ्ने र भावी सुरक्षा सहकार्यका लागि आधार तयार हुने उल्लेख छ ।

नेपाली सेनाले एसपीपीमा सहभागिता जनाउने विषयमा हालसम्म कुनै निर्णय नभएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले एसपीपी सम्झौता राष्ट्रहितविपरीत भएको र त्यसको अग्रसरता वर्तमान सरकारले लिएको दाबी गर्दै आएका छन् ।

यसैबीच नेपाली सेनाले पठाएको भनिएको पत्रको आधिकारिकतामा धेरै प्रश्न उठेपछि सैनिक मुख्यालयमा बैठक बसेको छ । सेनाले पठाएको भनिएको पत्रको आधिकारिकताबारे बुझ्ने काम भइरहेको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले नेपाल प्रेसलाई बताए । सो पत्रमा सेनाले प्रयोग गर्ने गरेको लोगोलगायत कुनै पनि ढाचाँ मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर