एमालेको बहिष्कारबीच संसदबाट विनियोजन विधेयक पारित – Nepal Press

एमालेको बहिष्कारबीच संसदबाट विनियोजन विधेयक पारित

काठमाडौं । संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो ।

बजेटमाथि उठेका सवालको जवाफ दिन खोज्दा अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको थियो ।

अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसदहरूले उभिएर विरोध जनाए । एमाले सांसदको अवरोधको बेवास्ता गर्दै अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका हुन् ।

यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।

सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए । गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर