प्रिमियर लिगको खेल तालिका सार्वजनिक – Nepal Press

प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । इङलिस प्रमियर लिग सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक खेल तालिकाअनुसार अगस्ट ६ मा सुरु हुने पहिलो चरणको पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रिस्टल प्यालेसको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

अगस्ट ६ मै हुने फुलह्याम र लिभरपुल, बर्नमाउथ र एस्टन भिल्ला, न्यूक्यासल र नटिङ्घम फरेस्ट, लेस्टर सिटी र ब्रेन्टफ्रोर्ड तथा टोटेनह्याम र साउथ ह्यामटनबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै लिड्स युनाइटेड र वोल्भ्स, एभर्टन र चेल्सी खेल्ने तालिका छ । पहिलो चरणको बाँकी खेल अगस्ट ७ मा हुनेछ । अगस्ट ७ मा च्याम्पियन सिटीले वेस्ट ह्यामसँग भिड्दै सिजनको सुरुवात गर्नेछ । म्यान्चेस्टर युनाइटेडले ब्राइर्टनसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो चरणको खेल अगस्ट १३ देखि सुरु हुनेछ ।

गत सिजन सिटी च्याम्पियन बन्दा ब्रुन्ली, वार्टफोर्ड र नर्विच सिटी रेलिगेसनमा परेका थिए । यस्तै नटिङ्घम फरेस्ट, बर्नमाउथ र फुलह्याम प्रिमियर लिगमा बढुवा भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर