अमेरिकी तेल प्रशोधकहरुलाई बाइडेनको अपिल- धेरै प्रशोधन गर्नुहोस्, थोरै नाफा राख्नुहोस् – Nepal Press

अमेरिकी तेल प्रशोधकहरुलाई बाइडेनको अपिल- धेरै प्रशोधन गर्नुहोस्, थोरै नाफा राख्नुहोस्

काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएयता अमेरिकी तेल प्रशोधक कम्पनीहरुले नाफादर झण्डै तेब्बर पुराए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले पेट्रोलियम पदार्थ प्रशोधक कम्पनीलाई उत्पादन बढाएर नाफा घटाउन अपिल गरेका छन् । सात अमेरिकी कम्पनीहरुलाई पत्राचार गर्दै बाइडेनले यस्तो अपिल गरेको एपीले जनाएको छ ।

हाल अमेरिकामा इन्धनको मूल्य औसतमा प्रतिग्यालोन पाँच डलरले बढेको छ । जुन अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हो । याे गत वर्षको तुलनामा ८.६ प्रतिशत बढी हो ।

बढ्दो महंगी र इन्धन मूल्यका कारण अमेरिकामा उपनिर्वाचनको मागसमेत बढ्न थालेपछि बाइडेनले यस्तो अपिल गरेको बताइएको छ । कोरोना माहामारीको कारण बढ्न थालेको मुद्रास्फीति रुस-युक्रेन युद्ध सुरु भएयता झन् फराकिलो भएकाे छ । हाल अमेरिकामा महंगी पनि अकासिएको छ ।

यता अमेरिकी पेट्रोलियम संस्थानले भने बाइडेन नेतृत्वकाे सरकारले आफ्नो जलवायु परिवर्तन एजेन्डाको रुपमा जीवाश्म इन्धनको उत्पादनमा कडाइ गरेको कारण उत्पादन नै कम भएको र मूल्य बढेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर