सकियो विनियोजन विधेयकमाथिको दफावार छलफल – Nepal Press

सकियो विनियोजन विधेयकमाथिको दफावार छलफल

काठमाडौं । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले असार १५ गते बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज सकिएको हो ।

नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल सकिएको हो ।

अहिले सांसदहरूले प्रस्तुत गरेका खर्च कटौतीसम्बन्धी प्रस्तावमाथि निर्णायक छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *