दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब १८ करोडको कारोबार – Nepal Press

दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब १८ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज भने १२.५७ अंकले बढेको हो । ०.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७८.९४ अंकमा पुगेको छ ।

१ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सयको सेयर खरिद बिक्री भएको छ । २ सय २१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको हो ।

आज आँधिखोला लघुवित्तको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो । भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज १३ करोड ८८ लाख ९७ हजारको सेयर करोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर