प्रधानमन्त्रीसँग धेरै प्रश्न सोधेँ, अब आफै उत्तर दिन चाहन्छु : रवि लामिछाने – Nepal Press

प्रधानमन्त्रीसँग धेरै प्रश्न सोधेँ, अब आफै उत्तर दिन चाहन्छु : रवि लामिछाने

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिम होमिने निर्णय गरेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका छन् ।

ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताए ।

उनले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएको भन्दै राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताए । उनले राजनीतिमा लागिसकेपछि प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य हुने संकेत गर्दै आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताए ।

‘जनताका विषयहरूमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान खोज्दैछु । अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योगदान गर्नेछु’, लामिछानेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर