ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता – Nepal Press

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

मर्जर सम्झौता पत्रमा  ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ ।

साथै सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको बराबरी १ः१ को स्वाप रेसियो कायम गर्ने दुई बैक बीच सहमति भएको छ ।

दुई बैंक मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ । पुँजीका हिसाबले मर्जरपछि सो बैंक नेपालको सबैभन्दा ठूलो बैंक हुने छ ।

यसभन्दा अघि पनि ग्लोबल आइएमई बैंले जनता बैंकसँग मर्जर गरेको थियो । नेपाल राष्ट्र बैंकले चालु आवमा मर्जर हुने बैंकहरुले मात्रै राष्ट्र बैंकले दिने भनेको सुविधा पाउने भनेर भनिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर