सूर्य थापा भन्छन्- घनश्याम भुसालले नेतृत्वप्रति औंला तेर्साउने समय आएको छैन – Nepal Press

सूर्य थापा भन्छन्- घनश्याम भुसालले नेतृत्वप्रति औंला तेर्साउने समय आएको छैन

रुपन्देही । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले अभिव्यक्तिहरु एमालेविरोधी तत्वलाई खुसी पार्न आएको बताएका छन् ।

थापाले भुसालका धारणा मर्यादाविपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै थापाले नेता भुसालले एमाले स्थायी कमिटी सदस्यको मर्यादाविपरित अभिव्यक्ति सार्वजनिक गरिरहेको तर्क गरेका छन् ।

भुसालले मर्यादाविपरीत सार्वजनिक गरिरहेको अभिव्यक्तिहरू एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीको रहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्,‘यो उहाँको आत्मनिन्दाको विनाशकारी रवैया र ‘सत्यनाश’को तरिका हो ।’

आफ्नो पार्टीका नेताविरुद्ध हस्ताक्षर गरेर सरकार ढाल्ने काममा लाग्दा कुनै कमजोरी गरेको महशुस नगर्ने व्यक्तिले अरुलाई पाठ पढाउँदै हिंड्नु उचित नहुने बताउँदै थापाले पहिले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीको अवस्था सुधारेर मात्रै नेतृत्वप्रति औंला तेर्साउन मिल्ने तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर