एमालेका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण – Nepal Press

एमालेका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ ।

आज बिहान ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

बिहीबार र शुक्रबार दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिइने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।

जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

यसअघि असार २ गते काठमाडौं पुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर