एकैदिन एक लाख बोटबिरुवा रोपिँदै – Nepal Press

एकैदिन एक लाख बोटबिरुवा रोपिँदै

काठमाडौं । आज आठौं चुरे दिवस मनाइँदै छ । आठौं चुरे दिवसकाे अवसरमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख बिरुवा रोपेर दिवस मनाउँदै छ ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख रुख, फलफुलका बिरुवा र बाँस  रोपेर मनाउन लागेकाे  हाे । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

यो अभियानमा सबै सरोकारवालाहरु लाई सहभागिताको लागि अनुरोध गर्दछु । यो अभियान निरन्तरता दिन र वन तथा वातावरण मन्त्रालयको ‘जनताको रहर, हरित शहर’ नारालाई समेत दृष्टिगत गरि समितिको पहल तथा समन्वयमा अगामी ५ वर्षमा कम्तिमा १ करोड बाँस, अम्रिसो जस्ता प्रजातीहरु र १ करोड रुख र फलफुल प्रजाती रोपी चुरे तराई मधेश संक्षरण र त्यहाँका जनताका जिवनस्तर सुधार्ने गरि चुरे हरित अभियान संचालन हुन् लागेको उनले बताए ।

उनका अनुसार आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड रुख, फलफूल प्रजाती रोप्ने लक्ष्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर