घनश्याम भुसाललाई बोल्न देऊ – Nepal Press
टिप्पणी

घनश्याम भुसाललाई बोल्न देऊ

नेकपा एमालेको दशौं महाधिवेशनबाट मनोनीत एकजना केन्द्रीय सदस्यले विगत केही वर्षदेखि निरन्तर एमाले र केपी ओलीप्रति घृणा जनाउने कार्टुन कोर्दै आएका एकजना कार्टुनिस्टको घनश्याम भुसालप्रति सहभानुभूति जगाउने कार्टुन सामाजिक सञ्जालमा शेयर गरेपछि त्यसमा प्रतिक्रिया लेख्न मन लाग्यो ।

तर, त्यहाँ व्यक्त प्रतिक्रियाहरू हेर्दा एमालेबाहेक दलका कार्यकर्ता र एमालेविरोधीहरूले उहाँको वाहवाही गरिरहेको र एमालेका कार्यकर्ताले पार्टीविरोधी सामग्री शेयर गरेकोमा असन्तुष्टि जनाएको पाइयो ।

उहाँकै जिल्लाका कतिपय चिनिएका कार्यकर्ताले चुनावमा उहाँको भूमिकाप्रति समेत प्रश्न उठाउँदै केन्द्रीय सदस्य तहको नेताले सामाजिक सन्जालमा पार्टीको बदनाम गर्ने कि सम्बन्धित कमिटीमा बोल्ने भन्ने प्रश्न उठाएको देखिएपछि मैले कमेन्ट नगरी टिप्पणी लेख्ने निधो गरेँ ।

मुलुकमा जल्दाबल्दा सबै समस्याभन्दा ठूलो समस्या नै नेपालका मूलधारका मिडियामा एमालेमा घनश्याम भुसालमाथि अन्याय हुँदैछ भाष्य र कुनै एउटा ड्रग्सको कुलतमा फसेको ‘र्‍यापर’ ले आफ्नी आमाविरुद्ध गरेको घृणित बगावट देखिन्छ । मुलुकको राष्ट्रिय हितविपरीत सरकारले गरेका राष्ट्रघाती सम्झौता र बजेट भाषणबाट गरिएका नीतिगत भ्रष्टाचारभन्दा एमालेमा घनश्याम भुसाललाई केही हुन्छ कि भन्ने तनावमा मिडियाको नेतृत्व चनाखो छ ।

भर्खरै स्थानीय तहमा निर्वाचित भएको जनप्रतिनिधि भएकाले अब पार्टीको कुरा होइन गाउँको विकासको कुरा बोल्नु र लेख्नुपर्छ भन्ने सुझाव सामाजिक सञ्जालमा कतिपय शुभेच्छुकहरूबाट पाइने गरेको छ । गाउँपालिका उपाध्यक्षको जिम्मेवारी र संवैधानिक तथा कानूनी कर्तव्यबारे म जानकार छु तर म विकासे प्रतिनिधि हुँदै गर्दा दलीय व्यवस्थामा एउटा राजनीतिक दलको प्रतिनिधि पनि हुँ ।

त्यसैले मैले मेरो सामाजिक सञ्जालमा पिन कोट गरेरै भनेकी छु- म गाउँपालिका उपाध्यक्षको हिसाबले साझा मान्छे हो र आफ्नो काम कर्तव्य र अधिकारको सन्दर्भमा निष्पक्ष, पारदर्शी, जनउत्तरदायी र सबैको साझा हुने प्रण गरेको छु । तर, म राजनीतिक दलको कार्यकता पनि भएको हुनाले राजनीतिक कुरा र पार्टीको सन्दर्भमा मेरो पार्टीको नीति सिद्धान्त विचार र मूल नेतृत्वको रक्षा गर्न आफ्नो धारणा राख्न स्वतन्त्र छु । हरेक जनप्रतिनिधिको भूमिका पार्टी र सरकारमा फरक हुन्छ ।

यति स्पष्टीकरण दिइसकेपछि, सामाजिक सञ्जालमा व्यक्त गर्न तयार पारिएको कमेन्टलाई व्याख्या गर्न चाहान्छु । पछिल्लो समय एमाले स्थायी कमिटी सदस्य कमरेड घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाहीको लागि सिफारिस गरेको भनेर मिडियामा सुन्न पाइएको छ । चुनाव र चुनावलगत्तै गाउँपालिकाको काममा व्यस्त भएकाले उहाँले के गल्ती गर्नुभयो र उहाँमाथि कारबाही सिफारिस भयो भन्ने कुराको विस्तृत जानकारी थिएन ।

अहिले चलेको चर्चाअनुसार स्थानीय चुनावको परिणामलाई जिम्मा लिँदै पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेका कारण घनश्याम भुसालमाथि स्पष्टीकरण सोध्न सिफारिस गरिएको हो । यदि त्यहीकारण उहाँमाथि कारबाही गर्न खोजिएको हो भने त्यो औचित्यहीन छ र अध्यक्षको राजीनामा माग्दैमा कसैमाथि कारबाही हुन्छ भन्ने जबजले मान्दैन ।

मुलुकमा जल्दाबल्दा सबै समस्याभन्दा ठूलो समस्या नै नेपालका मूलधारका मिडियामा एमालेमा घनश्याम भुसालमाथि अन्याय हुँदैछ भाष्य र कुनै एउटा ड्रग्सको कुलतमा फसेको ‘र्‍यापर’ ले आफ्नी आमाविरुद्ध गरेको घृणित बगावट देखिन्छ । मुलुकको राष्ट्रिय हितविपरीत सरकारले गरेका राष्ट्रघाती सम्झौता र बजेट भाषणबाट गरिएका नीतिगत भ्रष्टाचारभन्दा एमालेमा घनश्याम भुसाललाई केही हुन्छ कि भन्ने तनावमा मिडियाको नेतृत्व चनाखो छ ।

संसदमा एमालेले बजेटमा भएको नीतिगत भ्रष्टाचार, अर्थमन्त्रीले गरेको अक्षम्य अपराध र अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन लागिएको विरोधमा आवाज उठाइरहेका बेला हामीले त्यहाँ चर्चित नेता घनश्याम भुसाल बोलेको सुन्न पाएनौं । त्यसैले यो टिप्पणीको शीर्षक नै राख्नुपरेको हो- घनश्याम भुसाललाई बोल्न देऊ ।

यदि संसदमा घनश्याम भुसाललाई बोल्न दिइएको होइन भने कि उहाँले भन्नुपर्‍यो कि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुपर्‍यो । पार्टीमा उहाँलाई बोल्न दिइएको होइन भने कि उहाँले भन्नुपर्‍यो कि, एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बोल्नुपर्‍यो । नत्र एमाले र मूल नेतृत्वविरुद्ध मिडियालाई मसला दिएर राष्ट्रिय इस्यूलाई डाइभर्ट गर्न हाम्रा दार्शनिक नेतालाई कसले उप (दुरु) योग गरिरहेको छ ? यो गम्भीर प्रश्न छ ।

कहाँ बोल्ने ?

घनश्याम भुसाललाई बोल्न देऊ भन्दै गर्दा उहाँले बोल्ने ठाउँ कहाँ हो ? यसबारेमा जानकारी हुनुपर्छ र नभए दिनुपर्छ । पार्टीको सम्बन्धित कमिटी, संसद दुवैतिर उहाँ प्रभावकारी ठाउँमा हुनुहुन्छ जुन अवसर र मौका उहाँकै जति र उहाँको भन्दा बढी योगदान गरेका नेता कार्यकर्ताले अहिलेसम्म पाउन सकेका छैनन् ।

अहिले चलेको चर्चाअनुसार स्थानीय चुनावको परिणामलाई जिम्मा लिँदै पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेका कारण घनश्याम भुसालमाथि स्पष्टीकरण सोध्न सिफारिस गरिएको हो । यदि त्यहीकारण उहाँमाथि कारबाही गर्न खोजिएको हो भने त्यो औचित्यहीन छ र अध्यक्षको राजीनामा माग्दैमा कसैमाथि कारबाही हुन्छ भन्ने जबजले मान्दैन ।

खुलमखुला पार्टीका उम्मेदवार हराउन खरायो र जरायो पालेर हिँडेका र हराएपछि विपक्षीसँगै उत्सव मनाउँनेहरू त यही पार्टीका विभिन्न विभागहरूमा पदोन्नति र फूली लाउँदै छन् भने घनश्याम भुसालहरूले आलोचना गर्दैमा कारबाही किन ? बरु नेतृत्वको वरिपरि घुमेर, गलत सूचना दिएर, चाकडी बजाएर गलत संस्कृति बसाल्नेहरूलाई नेतृत्वले कर्के नजर लाउँनुपर्छ ।

जहाँसम्म घनश्याम भुसालले राजीनामा माग्नुभएको छ, उहाँले कहाँ माग्नुभयो ? यो महत्वपूर्ण कुरा हो । स्थानीय चुनावको परिणामका बारेमा आ-आफ्ना विश्लेषण छन् । हामी त आफैं अन्तर्घातको प्रत्यक्षदर्शी भएर मैदानबाट जोगिएर आएका मान्छे हौं ।

जिल्लाका टाउकेदेखि गाउँपालिकासम्मका लाउकेहरूले एमाले हराउन रुखमा भोट हाल्नेदेखि खरायो र जरायोका उम्मेदवार पाल्नेसम्मका दृष्य आँखै अगाडि देखिँदा पनि कसैमाथि कारबाही वा राजीनामाको माग गरिएन, बरु उनीहरू नै पश्चातापमा जल्नेछन् । पार्टीका जिम्मेवार मान्छेहरू खुलेआम हराउन लाग्दा जनताको समर्थन भएपछि जित सम्भव रहेछ भन्ने भुक्तभोगी पनि आफैं भइयो ।

खुलमखुला पार्टीका उम्मेदवार हराउन खरायो र जरायो पालेर हिँडेका र हराएपछि विपक्षीसँगै उत्सव मनाउँनेहरू त यही पार्टीका विभिन्न विभागहरूमा पदोन्नति र फूली लाउँदै छन् भने घनश्याम भुसालहरूले आलोचना गर्दैमा कारबाही किन ? बरु नेतृत्वको वरिपरि घुमेर, गलत सूचना दिएर, चाकडी बजाएर गलत संस्कृति बसाल्नेहरूलाई नेतृत्वले कर्के नजर लाउँनुपर्छ ।

त्यसैले राजीनामा मागेकै कारण वा चुनावी समीक्षामा नेतृत्वको आलोचना गरेकै कारण घनश्याम वा अरु कोही पनि कारबाहीको भागीदार बनाउन खोजिएको हो भने त्यो मान्य हुन्न । अनुशासन आयोगको यो कदम कमरेड भुसाललाई विपक्षीको सहानुभूतिको पात्र बनाउने स्टन्टमात्र हुन्छ ।

त्यसैले कमरेड घनश्याम, पार्टीभित्र ओलीको राजीनामा माग्न पाइन्छ ।

तर, राजीनामा कहाँ माग्ने ? रूपन्देही जिल्ला कमिटी बैठकमा अतिथीका रूपमा मन्चबाटै बोल्ने प्लेटफर्म तपाईँले पाउनुहुन्छ । तिलोत्तमा वा सिद्धार्थनगर नगर कमिटी बैठक बोलाएर राजीनामामा माग्ने हैसियत तपाईँसँग छ । त्योभन्दा अलि माथिल्लो स्तरबाटै बोल्नुपर्‍यो भने लुम्बिनी प्रदेश कमिटीको बैठकमा पनि स्थायी कमिटी सदस्यको हैसियतमा र सोही प्रदेशको नेताको हैसियतमा सहभागी भएर शंकर पोखरेल, विष्णु पौडेल, छविलाल विश्वककर्मा, प्रदीप ज्ञवाली, गोकर्ण विष्टहरूकै लहरमा बसेर राजीनामा माग्न र पार्टीभित्रका बेथितिहरूको बारेमा बोल्न पाउनुहुन्छ ।

संसदमा राष्ट्रिय महत्वका विषयमा पार्टीले गठबन्धन सरकारको आलोचना गरिरहेका बेला उहाँ कुनै डबलीमा केपी ओलीलाई वाम आन्दोलनबाट बिदा गरेर वामपन्थी गठबन्धन गर्नुपर्छ भन्दै देखिनुहुन्छ । हिजो एमाले र कम्युनिष्ट आन्दोलन कब्जा गरेर ओलीसहित लाखौं योद्दाहरूलाई सिध्याउन नसकेपछि कांग्रेसको भरिया बनेकाहरूसँग मञ्च शेयर गर्दै एमालेजनको शिर निहुँराइरहेको भेटिनुहुन्छ ।

त्यो रिपोर्टिङ तपाईँ सहभागी नहुने एकमात्र कमिटी सचिवालय बैठकमा सम्बन्धित इन्चार्ज वा नेताले गर्ने नै छन् । त्यतिले नपुगे स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटव्यूरो छन्, विभाग छन् र केपी ओलीलाई व्यक्तिगत रूपमा बालकोटमै भेटेर पनि भन्न सक्नुहुन्छ । घनश्याम भुसालले बोल्नका लागि मिडिया त्यो पनि गठबन्धनका स्टेकहोल्डर बनेका मिडियामा एमालेविरुद्ध मसला दिनु पर्दैन, तपाईँका लागि बोल्ने दर्जनौं प्लेटफर्म छन् ।

थाहा छ, आज पार्टी स्थानीय तह चुनावमा अपेक्षित स्थानमा नपुग्नुमा गठबन्धन, सत्ताको दुरूपयोगमात्र होइन हामीभित्रका धेरै समस्या कारक बनेका छन् । केपी ओलीको नाम भजाएर पार्टी सिध्याउन खोज्नेहरू हरेक जिल्लामा होलान् । चाकडी गरेर गुजारा चलाउनेहरू पनि छन् । चुनावअघि र पछि चुक्ली लाउँदै बालकोट पुग्नेहरू तपाईँले भन्दा हामीले धेरै चिनेको र भोगेको पनि हुनसक्छ । तर, यी कुरा राख्ने प्लेटफर्म कहाँ हो ? नेतृत्वले पनि आलोचना सुन्ने प्लेटफर्म कहाँ हो ? यसबारे छलफल हुनुपर्‍यो ।

संसदमा देखिने योगेश र खोजिने घनश्याम

घनश्याम भुसालका लागि बोल्ने प्लेटफर्म संसद छ । उहाँ प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । देशमा दर्जनौं राष्ट्रिय महत्वका विषयमा छलफल चलिरहेका छन् । हाम्रो विदेश नीति इतिहासकै सबैभन्दा चरम संकटको अवस्थामा पुगेको भनेर संसदमा हामी सुनिरहँदा त्यहाँ घनश्याम भुसालको स्वर सुन्न चाहान्छौं । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, प्रदीप ज्ञवाली, विशाल भट्टराईहरूले पार्टीको नीति बोलिरहँदा घनश्यामबाट पनि शायद मुलुकले त्यो अपेक्षा गरेको हुनसक्छ ।

अमेरिकासँग सैन्य सम्झौताको कुरा छ, भूराजनीतिक भुमरीमा मुलुक पर्न थालेको छ । संसदमा दिनहुँ यी विषयमा छलफल हुँदा घनश्याम भुसाल हामी कतै देख्दैनौं । किसानले मल नपाएर हाहाकार भएका बेलामा एमालेका सांसदहरूले स्थगन प्रस्ताव पेस गर्दा पूर्व कृषि मन्त्री तथा दलाल पुँजीवादका एकमात्र व्याख्याता घनश्याम भुसाललाइ हामी सदनभित्र कहिल्यै सुन्न पाउँदैनौं ।

संसदमा राष्ट्रिय महत्वका विषयमा पार्टीले गठबन्धन सरकारको आलोचना गरिरहेका बेला उहाँ कुनै डबलीमा केपी ओलीलाई वाम आन्दोलनबाट बिदा गरेर वामपन्थी गठबन्धन गर्नुपर्छ भन्दै देखिनुहुन्छ । हिजो एमाले र कम्युनिष्ट आन्दोलन कब्जा गरेर ओलीसहित लाखौं योद्दाहरूलाई सिध्याउन नसकेपछि कांग्रेसको भरिया बनेकाहरूसँग मञ्च शेयर गर्दै एमालेजनको शिर निहुँराइरहेको भेटिनुहुन्छ ।

मूल्यवृद्धिविरुद्ध एमालेका सांसदले प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस गरेर जनसरोकारका विषयमा बहस चलाइरहँदा, घनश्याम भुसाल एमालेबाट कसरी केपी ओलीलाई अपदस्त गर्ने भन्ने बहसमा कुम हल्लाइरहेको लाइभ भिडिओ हेर्न पाइन्छ । जबकी घनश्याम भुसालले दलाल पुँजीवादको विरुद्ध बोल्ने प्लेटफर्म संसद हो र पार्टीभित्रका बेथितिविरुद्ध बोल्ने प्लेटफर्म कमिटीहरू हुन् । एननजीओ र एमालेविरुद्धका मिसनरीहरू होइनन् ।

घनश्याम भुसालले बोल्नका लागि मिडिया त्यो पनि गठबन्धनका स्टेकहोल्डर बनेका मिडियामा एमालेविरुद्ध मसला दिनु पर्दैन, तपाईँका लागि बोल्ने दर्जनौं प्लेटफर्म छन् ।

एमालेका कार्यकर्ताले आफ्ना बौद्धिक र दार्शनिक नेताहरूबाट यति अपेक्षा गर्न नपाउने ? यदि कसैले यति अपेक्षा गरेर बोलेमा वा लेखेमा उहाँ संरक्षित एउटा पूर्णकालीन जत्था साइबर स्याल भन्दै खनिन्छ । आलोचनात्मक चेतको पाठशालाबाट उत्पादन भएकाहरू यति असहिष्णु किन हुन्छन् कमरेड ?

त्यसैले घनश्याम भुसाललाई बोल्न दिउँ, जहाँ मन लाग्छ बोल्न दिउँ । मनको बह पोख्न दिउँ । एमाले बनाउनुपर्ने र विरोधीहरूसँग प्रतिस्पर्धा गरेर जित्नुपर्ने दायित्व त एमालेका कार्यकर्ताहरूको हो, घनश्याम भुसालको जिम्मेवारी ओली र एमालेको उछितो काढ्दै मिडियाको हिरो बन्नु र एमालेविरोधीको रोलमोडल बन्नु हो ।

तर, हेक्का राख्नुपर्छ ती मिडिया र ती एमालेविरोधीले त्यतिञ्जेल घनश्याम भुसाललाई सिँगारपटार गर्छन् जतिञ्जेल उहाँले एमालेको मूल नेतृत्वको विरुद्ध वक्तृत्वकला प्रतियोगितामा भाग लिनुहुन्छ ।

जुन दिन घनश्याम भुसाल एमालेको उम्मेदवार बनेर सूर्य चिन्हमा मत माग्दै रूपन्देही फर्किनुहुन्छ त्यही दिनबाट हिजो उहाँलाई सजावट गर्ने मिडिया र शुभचिन्तकरूपी विपक्षीहरूले आफूहरूले गरिदिएको फेसियल रिमुभ गरेर कुरूपीकरण थाल्नेछन् ।

कमरेड घनश्यामका अनुयायीहरू त बोल्न पाइन्छ भन्दै मुखमा टेप र कालो कात्रो बेरेर मन्त्रीको अर्जी गरिरहेका थिए । हामीलाई गर्व छ शेरबहादुर देउवाका मामुली कार्यकर्ता बन्नुभन्दा केपी ओली र एमालेको साइबर स्याल हुनुमा । एमाले जोगाउने पालुवा यिनै हुन् कमरेड घनश्याम, एकपटक पराइको उपयोगितवादवादी सहानुभूति छाडेर आफ्नै कार्यकर्ताको मनलाई छाम्नुस् त ।

अनि त्यतिबेला घनश्यामको पक्षमा बोल्ने, लेख्ने र वरिपरि झण्डा बोक्दै घरदैलोमा हिँड्ने चाहिँ उहाँले कुनै बेला केपी ओलीका साइबर स्याल भनेर रत्नपार्कबाट नामाकारण गरेका तीनै एमालेका कार्यकर्तामात्र हुनेछन् । प्रचण्डले नेकपा कब्जा गर्न खोज्दा रोक्नका लागि केपी ओलीले चालेको कदमलाई साथ दिएका कार्यकर्तालाई लक्षित गर्दै उहाँले भन्नुभएको थियो- आज केपी ओलीसँग कोही छैन, छन् त केबल साइबर स्यालहरू ।

वास्तवमा तीनै साइबर स्याल थिए जसले केपी ओली र नेकपा एमाले जोगाए । कमरेड घनश्यामका अनुयायीहरू त बोल्न पाइन्छ भन्दै मुखमा टेप र कालो कात्रो बेरेर मन्त्रीको अर्जी गरिरहेका थिए । हामीलाई गर्व छ शेरबहादुर देउवाका मामुली कार्यकर्ता बन्नुभन्दा केपी ओली र एमालेको साइबर स्याल हुनुमा । एमाले जोगाउने पालुवा यिनै हुन् कमरेड घनश्याम, एकपटक पराइको उपयोगितवादवादी सहानुभूति छाडेर आफ्नै कार्यकर्ताको मनलाई छाम्नुस् त ।

कस्को नेता ? कस्को गल्ति ?

जहाँसम्म घनश्याम भुसालले अहिले चलाइरहनुभएको अभियान छ,त्यो नेकपा एमालेको चिन्ताले हो कि,प्रचण्ड–माधवलाई कांग्रेसले अपमान गरेको चिन्ताले हो भन्ने खुल्न बाँकी छ । यद्यपी उहाँले वामपन्थी एकताको लागि अघि सारेको भनेर बजारमा आएका पाँचवटा सूत्र पढ्दा एमालेको हित कतैबाट पनि देखिन्न ।

संसद विघटन गल्ति थियो भन्नुपर्ने तर पार्टी अध्यक्षमाथि लगाइएका १९ बुँदे अपराधिक फौजदारी अभियोगबारे नबोल्ने कस्तो सूत्र हो कमरेड ? अनि आफ्नै पार्टीको सरकार ढाल्न अविश्वास प्रस्ताव छापामार शैलीमा लैजाने र पार्टी कब्जा गर्न निर्वाचित अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाउँने कुरा चाहिँ ठिक थियो भनेर अब वाम गठबन्धन गर्ने हो भने त्यो गठबन्धन चाहिँदैन ।

आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुँने र कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाइ पाउँ भन्दै हस्ताक्षर बोकेर राष्ट्रपति भवन र सर्बोच्च अदालत जानु गल्ति थियो भन्न नसक्नेहरुले एमालेको नेताकै हैसियतमा वाम एकताको दुहाई दिनु अर्थ छैन ।

अनि आफ्नो पार्टीको सरकार ढाल्न २० प्रतिशतले पार्टी फुटाउँने अध्यादेश ल्याएर दल फुटाउँनु गल्ति थियो भन्न नसक्ने नेताले एमालेको भलो चाहेको भनेर कुन सदस्यले विश्वास गर्ला ? त्यसैले कमरेड घनश्याम भुसाललाई बोल्न दिउँ,उहाँ जति बोल्नुहुन्छ त्यति नै दुनियाँले बुझ्ने मौका पाउँछ ।

(नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु सचिवालय सदस्य थापा स्थानीय तह निर्वाचनबाट लिखु गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन् ।)


प्रतिक्रिया

10 thoughts on “घनश्याम भुसाललाई बोल्न देऊ

  1. सलाम लेखकलाई !!
    जसको गतिबिधी ‘जबज’ को भावना बिपरित छ उसले जबजको व्याख्या गर्छ, टिप्पणी गर्दै आफ्नु अस्तित्व देखाउन खोज्छ !! मात्र चंखो कुरौटे !!

      1. नेकपा एमाले अनि यस्को आन्तरिक पिडा ।

  2. सही र सटिक विश्लेषण गर्नु भएको मा युवा कमरेडलाइ धेरै धेरै बधाई विरोधी र प्रतिकृया वाहीको कारवमा बसेर एमाले प्रति घृणा फैलाइने हरु एमालेका स्वघोषित कथित बुद्धिजिवीहरु माथि निर्मम प्रहारको अपेक्षा सारा एमाले जनले राखेका छन।

  3. घनस्याम भुसाल ने क पा एमालेको लागि अब काम छैन।नेतृत्व को बिरोध अनि पार्टी लाई कम्जोर बानाउने खेल मा लागेको छ।माधब र प्रचण्ड को मतियार हिदिरहेको छ।पार्टी मा बस्नु छ भने निति नियम अनि पार्टीको आचारसंहितामा रहेर बस्नुश होइन भने लाग्दा हुन्छ उनै को पछि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *