एसइई क्याम्पियन फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न : उपाधि भक्तपुर र रातो बङ्गलालाई – Nepal Press

एसइई क्याम्पियन फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न : उपाधि भक्तपुर र रातो बङ्गलालाई

काठमाडौं । पाँचौँ एसइई क्याम्पियन फुटसल र पहिलो एसइई क्याम्पियन बास्केटबल प्रतियोगिता लगनखेलस्थित क्याम्पियन एकेडेमीमा सम्पन्न भएको छ।

बुधवार भएको फाइनल खेलमा एसइई फुटसल ५ भक्तपुरले ललितपुरको बिडु एफ सिलाइ ३–० ले हराउँदै फुटसल प्रतियोगिता जितेको छ ।

त्यस्तै बास्केटबल प्रतियोगिताको उपाधि स्प्याड्स, रातो बङ्गलाले जितेको छ । फाइनलमा स्प्याड्स, रातो बङ्गलाले लिम्पिया स्कुल लाई १९–१६ को स्कोरले हराएको थियो ।

फुटसल विजेता एसइई फुटसल ५ भक्तपुरले ट्रफी र प्रमाणपत्र सहित नगद रु ५० हजार र उपविजेता बिडु एफ सिले नगद रु २० हजार प्राप्त गरेका छन् ।

रेवत सोनाम गुरुङ फुटसल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

बास्केटबल विजेता स्प्याड्स, रातो बङ्गलाले ट्रफी र प्रमाणपत्र सहित नगद रु १० हजार र उपविजेता लिम्पिया स्कुलले नगद पाँच हजार जितेका छन् ।

बास्केटबलमा लाक्पा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता र उपविजेता टोलीका खेलाडीलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधर र नेपाली राष्ट्रिय बास्केटबल टोलीकी सदस्य अनुशा मल्लले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर