सुदूरपश्चिममा ३६ अर्ब ७४ करोडको बजेट प्रस्तुत (पूर्णपाठ) – Nepal Press

सुदूरपश्चिममा ३६ अर्ब ७४ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)

शिक्षा, स्वास्थ्य, र पूर्वाधारलाई प्राथमिकता, खेलकुदलाई बेवास्ता

कैलाली । सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले आज आगामी आर्थिक वर्षको बजेट प्रदेश सभा बैठकमा प्रस्तुत गरेको हुन् ।

जसमा चालुतर्फ १२ अरब २९ करोड ५९ लाख ८४ हजार अर्थात् ३३ दशमलव ४६ प्रतिशत र पुँजीगत तर्फ २४ अरब १४ करोड ४७ लाख ६१ हजार अर्थात् ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

त्यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण तर्फ १ अरब ३६ करोड ४९ लाख अर्थात् ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको बताए ।

कुन क्षेत्रमा कति बजेट ?

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको जनाएका हुन् । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन्।

सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुन निर्माणमा १ अर्ब ६७ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ।

गत वर्ष वर्षाले विभिन्न संरचना क्षति पुगाएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निर्माण एवम् पुनः स्थापना गरी पीडितहरूको संरक्षण र सम्भावित जोखिम न्यूनीकरणका गर्न ६९ लाख विनियोजन गरिएको उनले बताए।

त्यस्तै प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ।

प्रदेश सरकारले यातायात कार्यालय डडेल्धुरा र डोटीबाटै सबै सेवा उपलब्ध गराइने जनाएको छ। ती कार्यालयबाटै लाइसेन्स वितरण र कर बुझाउन सकिने बताएका हुन्।

यस्तै प्रदेशका सेती, महाकाली र कर्णालीमा जल यातायात सञ्चालन गर्ने बताएको छ।

सुदूरपश्चिम सरकारले सहिदका परिवार तथा जनयुद्ध प्रभावितका १२ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रावलले नदीमा जल यातायात सञ्चालन गरिनुका साथै व्यापारिक र पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालन गर्न बजेट विनियोजन गरेको बताए। तर कति बजेट भनेर उनले उल्लेख गरेनन्।

सडक दुर्घटना न्यूनीकरणका लागि सिसी क्यामेरा र सडक बत्तीको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश भित्रका कैदी बन्दीहरुलाई आय आर्जनसँग जोड्न पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
कारागारमा रहेका बन्दीहरूलाई आयआर्जनमा लगाउने र त्यसको लागि ४० लाख ५० लाख विनियोजन गरिएको अर्थमन्त्री रावलले जानकारी दिए ।

अमा सञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टर भवन , पत्रकार महासंघ बझाङ र अछामको भवन निर्माण तथा पत्रकार अक्षय कोष, लोक कल्याणकारी विज्ञापनका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशको प्रतिभालाई उजागर गर्न जयपृथ्वी  पुरस्कार निरन्तरता दिइएको बजेटमा उल्लेख गरिएको छ । प्रदेश सभाको लागि ३० करोड ८ लाख बजेट विनियोजन गरिएको छ भने प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको छ ।

विभिन्न क्षेत्रलाई सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि खेलकुद क्षेत्र भने सरकारको प्राथमिकतामा परेको छैन । अघिल्लो आर्थिक वर्षको भन्दा बजेट बढाइएको भए पनि खेल क्षेत्रका लागि पर्याप्त हुने देखिएको छैन।

अर्थमन्त्री रावलका अनुसार सुदूरपश्चिमको खेल क्षेत्रका लागि प्रदेश सरकारले १६ करोड २० लाख बजेट विनियोजन गरेको छ। राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख मात्रै विनियोजन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर