लुम्बिनीमा ४२ अर्ब ९१ करोड ४४ लाखको बजेट, गत वर्षभन्दा दुई अर्ब थपियो (पूर्णपाठ) – Nepal Press

लुम्बिनीमा ४२ अर्ब ९१ करोड ४४ लाखको बजेट, गत वर्षभन्दा दुई अर्ब थपियो (पूर्णपाठ)

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गतवर्षभन्दा दुई अर्ब बढीको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको हो ।

बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गत वर्षको भन्दा करिब दुई खर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर वजेट विनियोजन गरिएको छ ।

मन्त्री खड्काले व्यवसाय प्रवद्र्धन कार्यक्रम, उद्यमशीलता प्रवद्र्धन, एक निर्वाचन क्षेत्र : एक औद्योगिक ग्राम, बाइसे चौविसे पर्यटकीय सर्किट, एक जिल्ला : एक सांस्कृतिक ग्राम, एक घर एक धारा, कृषिको आधार : सिंचाइमा सुधार, उज्यालो प्रदेश : लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार : साथमा छ प्रदेश सरकारलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको जानकारी दिए ।

यस्तै एक स्थानीय तह : एक खेदकुद संरचना, एक स्थानीय तह : एक नमुना उत्पादन, एक जिल्ला : एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह : एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।

बजेटमा लुम्विनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा अबदेखि ओपिडी टिकटमा लाग्ने शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

मन्त्री खड्काले प्रस्तुत गरेको बजेटमा यी दुई अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी टिकटमा शुल्क नलिने नीति अवलम्वन गरेको जानकारी दिए ।

मन्त्री खड्काले यस बर्षको बजेटमा यी अस्पतालहरुमा ओपिडी टिकटमा शुल्क नलिने निर्णय गरेसंगै उक्त कार्यका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिए । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती गृहका निर्माणका लागि १५ करोड विनियोजन गरिएको मन्त्री खड्काले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कलेजमा स्तरउन्नति गर्नका संघ सरकारसँग समन्वय गर्ने मन्त्री खड्काले बताएका हुन् ।

यसैगरी प्रदेश राजधानी लालमटियामा स्व. शुशील कोइराला स्मृति पार्क निर्माणका लागि १ करोड विनियोजन गरेको उनले जानकारी दिए ।

यसैगरीे रुपन्देहीको सैनामैना नगरपालिका प्रदेशस्तरीय जेष्ठ नागरिक ग्राम निर्माण हुने भएको छ । यो ग्राम निर्माणका लागि ७ करोड बजेट बिनियोजन गरिएको छ ।

मन्त्री खड्काले ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेपनि एमालेले स्वास्थ्य राज्यमन्त्री विमला वलीको कुटपिट प्रकरणमा सरकारको जवाफ मागेपछि ढिलाई भएको थियो । सरकारले यो विषयमा जवाफ दिएपछि मात्रै बजेट प्रस्तुती शुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर