मनोज पाण्डेविरुद्ध दुई फरक कसुरमा १५ र ३ वर्ष कैद माग – Nepal Press

मनोज पाण्डेविरुद्ध दुई फरक कसुरमा १५ र ३ वर्ष कैद माग

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक तथा सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा १५ वर्ष र बाल यौन दुरुपयोगमा ३ वर्ष कैद सजाय माग गर्दै बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

काठमाडौं प्रहरी परिसरले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो। पाण्डेविरुद्ध एक युवतीले ८ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

हद म्यादले नमिल्ने भएपछि प्रहरीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान अगाडि बढाएको थियो। त्यस कसुरमा १० देखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ।

यस्तै अर्की एक नाबालिकाले पाण्डेविरुद्ध बाल यौन दुरुपयोगको आरोप लगाएकी थिइन्। उक्त कसुरमा ३ वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रहरीले दुवै मुद्दाको एकै पटक अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पठाएको थियो। पाण्डे गत जेठ ७ गते पक्राउ परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *