मधेस प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ) – Nepal Press

मधेस प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ)

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभा बैठकमा आज अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सो बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार प्रतिशत रहेको छ ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ रहेको अर्थमन्त्री साहले बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड ३० लाखको बजेट ल्याएको थियो । यो भन्दा आगामी आर्थिक वर्षको बजेट १३ अर्ब बढी हो ।

प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि मन्त्रालयका लागि समग्रमा पोने ३ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।

उनले कृषि मिटरमा ७५ प्रतिशत अनुदान दिने, किसानको समस्या बुझ्न हटलाइन सेवा सञ्चालन गर्ने, सिँचाइको व्यवस्था पालिकासँगको सहकार्यमा गरिने, सामूहिक खेतीमा जोड दिइने लगायतका योजनाहरूका लागि बजेट विनियोजन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर