मधेस प्रदेस : छात्रालाई विद्यालयबाटै साइकल, कक्षा १२ कालाई ल्यापटपको नयाँ योजना – Nepal Press

मधेस प्रदेस : छात्रालाई विद्यालयबाटै साइकल, कक्षा १२ कालाई ल्यापटपको नयाँ योजना

जनकपुरधाम । मधेस सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप अनुदान दिन ७५ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले छात्रालाई प्रविधिमा पहुँच बढाउन ल्यापटप अनुदानको योजना ल्याइएको बताए ।

उनले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको पनि बताए ।

उनले भने, ‘अब कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न सीधा विद्यालयमा बजेट पठाइनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर